× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    लागुऔषधजन्य औषधि सहित २ जना पक्राउ

    ४ वर्ष पहिले

    पुस-१३, महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलिले मिति २०७७।०९।१२ गते अन्दाजी ०४:४५ बजेको समयमा जिल्ला काठमाण्डौँ चन्द्रागिरि न.पा.वडा नं. २ नागढुंगा बाट औषधिजन्य लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जिल्ला रौतहट कटहरिया न.पा वडा नं. १ घर हुने बर्ष २२ को गोबिन्द प्रसाद यादब र भारत बिहार मोतिहारी जिल्ला झरौखन थाना वडा नं. ३ घर हुने बर्ष २३ को साहेबलाल यादब रहेका छन् ।

    रौतहटबाट काठमाण्डौँ आउँदै गरेको ना ६ ख ३१८१ नम्बरको यात्रु बाहक बस चेक जाँच गर्ने क्रममा उक्त बसमा आएका गोबिन्द प्रसाद यादव र साहेबलाल यादवले निजहरु बसेको सिट मुनि लुकाई छिपाई राखेको तीन वटा झोला चेक जाँच गर्ने क्रममा उक्त तीन वटा झोलाभित्र औषधीजन्य लागु औषध Diazepam लेखिएको १२०० एम्पुल, Phenergan लेखिएको १२०० एम्पुल र Noophine लेखिएको १२०० एम्पुल गरी जम्मा ३६०० एम्पुल नियन्त्रित लागुऔषध फेला परेको हो ।

    निजहरु उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भईरहेको छ ।