× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    ट्रम्पका समर्थकद्वारा हिंसात्मक प्रदर्शन

    ४ वर्ष पहिले

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले क्यापिटल बिल्डिङभित्र पसेर हिंसात्मक प्रदर्शन गरेका छन् ।

    अमेरिकी कांग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला प्रदर्शन भएको बीबीसीले जनाएको छ ।

    सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र छिरेका थिए । त्यसपछि बहस नै रोक्नु परेको थियो । ट्रम्पका समर्थकहरुले चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

    त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएका छ । अवस्था नियन्त्रण बाहिर गएपछि थप सुरक्षा बल तैनाथ गरिएको थियो ।

    रिपोर्टका अनुसार क्यापिटल बिल्डिङमा एक आगो निभाउने यन्त्र बिस्फोट भएको छ भने एक महिलालाई गोली लागेको छ । बीबीसीले ती महिलाबारे कुनै जानकारी नभएको बताएपनि द वासिङ्टन पोस्ट र सीएनएनले भने उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताएका छन् ।

    अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले विलमिङ्टन, डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भीडलाई पछि हट्न र लोकतान्त्रिक कार्यलाई अघि बढाउन दिन आग्रह गर्नुभएको छ ।

    उहाँले सम्बोधनका क्रममा ट्रम्पका समर्थकले गरेको विरोध नभएर विद्रोह भएको समेत बताउनुभयो । प्रदर्शनका कारण अहिले वासिङ्टन डीसीमा कर्फ्यु लागू गरिएको छ । ट्रम्पले गएको नोभेम्बर ३ मा भएको चुनावको मतपरिणामलाई अस्वीकार गर्दै आउनुभएको छ ।