× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    प्रचण्ड–नेपाल पक्षलाई देशभरबाट १० सिट ल्याएर देखाउन ओलीको चुनौति

    ४ वर्ष पहिले

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल नेतृत्वको नेकपालाई आगामी चुनावमा १० सिट जितेर देखाउन चुनौति दिएका छन्।

    ‘उहाँहरुले ठूलो कुरा गर्नुभएको छ, म उहाँहरुलाई चुनौति दिन्छु, दुई अंकमा सिट जितेर देखाउनुस् अर्थात् देशभरबाट १० सिट ल्याएर देखाउनुस्,’ शुक्रबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दैै ओलीले भने, ‘जसलाई छोरी, बुहारीको मतलब छ, जनताको मतलब छैन, उनीहरुले पार्टी हाम्रो रे, यो पार्टी देश बनाउनेहरुको र जनताको पार्टी हो।’

    उनले पार्टी बैठकमा नबसेर केही भगौडा सडकमा गएको बताए। ‘तपाईंहरुले पार्टी छाडेर हिँडेका भगौडाहरुको कुरा सुन्नु भएको होला’, उनले भने, ‘केन्द्रीय समित बैठकमा नआएर कहाँ गए भनेको त सडकमा बसेर हामी यहाँ छौं रे।’

    ३ करोड जनता भएको ठाउँमा २ सय ६५ जनाले पार्टी छाडेर हिड्दैमा कुनै असर नपर्ने ओलीको भनाई थियो ।

    प्रधानमन्त्री ओलीले वैशाखमै चुनाव हुने पनि जिकिर गरे।चुनाव वैशाख १७ गते र २७ गते नै हुन्छु, उनले भने, तपाईंहरु भोट हाल्न तयार हुनुहोस्। माथि गएर बदमासी र भ्रष्टाचार गर्नेहरुलाई तपाईंहरुले गाउँमै ठेगान लगाएर पठाउनु नत्र माथि दुस्ख दिन्छन् .