× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    बैंकिङ कसूर मुद्दामा फरार रहेका तीन जना प्रतिवादी पक्राउ

    ४ वर्ष पहिले

    माघ -५, बैकिङ कसूर(चेक बाउन्स) मुद्दाहरुमा उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका ३ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका-१४ हनुमाननगर ठेगाना भएका ५१ वर्षीय राम बहादुर अधिकारी, काठमाडौं चन्द्रागिरी नगरपालिका-२ चिसापानी ठेगाना भएका ३१ वर्षीय सुवास थापा र गोरखा गण्डकी गाउँपालिका-२ ठेगाना भएका २९ वर्षीय विष्णु अंगाई रहेका छन् ।

    पक्राउमध्ये राम बहादुरलाई आइतबार चितवन खैरेनी नगरपालिका-८ बाट, सुवासलाई शनिबार चितवन पुल्चोकबाट र विष्णुलाई शुक्रबार चितवन भरतपुरबाट लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

    उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी बिभिन्न बैंकका चेकहरु काटी पीडितलाई दिई बैकिङ कसूर जन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले राम बहादुरलाई ५५ दिन कैद र २ करोड ३२ लाख २४ हजार १ सय रुपैयाँ, सुवासलाई १७ दिन कैद तथा ५९ लाख ७९ हजार रुपैयाँ र विष्णुलाई १ महिना कैद तथा १० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो ।

    आवश्यक कारवाहीको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।