× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    प्रदेश १ का मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावबाट ३ सांसदले लिए हस्ताक्षर फिर्ता

    ४ वर्ष पहिले

    माघ-५, मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रदेश १ का ३ जना प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिएका छन् ।

    सांसदहरु झापाकी जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउनु उपयुक्त नठानेको भन्दै फिर्ता लिएको बताएका छन् ।

    उनीहरुले प्रदेशसभाका सचिवलाई पत्र लेखेर भनेका छन् ‘प्रदेश सरकारका विरुद्ध त्यहाँ कार्यालयमा दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षरकर्ता सांसदहरु मध्ये हामी निवेदकहरुको समेत हस्ताक्षर रहेको र नेकपाकै सरकारविरुद्ध हामी नेकपाकै सांदसहरुले अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त ठानेनौं ।’

    उनीहरुले अविश्वास प्रस्तावमा आफूहरुले गरेको हस्ताक्षर फिर्ता लिएको पनि बताएका छन् ।

    प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध नेकपाकै प्रचण्ड–माधव समूहका ३७ जना सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये यसअघि कला घले र बसन्तीदेवी यादवले हस्ताक्षर फिर्ता लिएको घोषणा गरेका थिए ।

    थप ३ जनाले हस्ताक्षर फिर्ता लिएपछि अविश्वास प्रस्तावको निर्णयमा कायम रहने सांसद संख्या ३२ जना भएको छ । ९३ सदस्यीय प्रदेशसभामा नेकपाको ६७ सिट रहेको छ ।