× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३३८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९७.८६ प्रतिशत

    ४ वर्ष पहिले

    माघ-६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ३८ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ ।

    २४ घण्टामा ४ हजार ९ सय ५६ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २० लाख २१ हजार ७ सय १४ जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ४ सय ४१ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९७.८६ रहेको छ ।

    मन्त्रालयका अनुसार कोरोनाबाट थप ४ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ६९ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ६४ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा १ सय ९० जना रहेको छ ।