× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भोलि नेपाल आइपुग्दै भारतले दिएकोे १० लाख डोज खोप

    ४ वर्ष पहिले

    माघ-७, नेपाललाई भारत सरकारले उपलव्ध गराउन लागेको कोरोनाविरुद्धको १० लाख डोज खोप भोली नेपाल आइपुग्ने भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।

    उक्त खोप भोलि नै नेपाल आउने र फ्रन्ट लाइनमा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिइने उनले जानकारी दिए । यो खोप भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिन लागेको हो ।

    पत्रकार सम्मेलनमा भारतीय राजदूत विनय मोहन क्वात्राको पनि सहभागिता रहेको थियो ।