× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३३६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९७.८४ प्रतिशत

    ४ वर्ष पहिले

    माघ- ८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ३६ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ ।

    २४ घण्टामा ५ हजार ३० जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २० लाख ३१ हजार ७ सय ५६ जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा २ सय २६ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९७.८४ रहेको छ ।

    मन्त्रालयका अनुसार कोरोनाबाट थप ४ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ७९ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ९९ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा १ सय ७२ जना रहेको छ ।