× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    १९ वर्षीय किशोरी उत्तराखण्डको मुख्यमन्त्री

    ४ वर्ष पहिले

    माघ-११, भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीय किशोरी मुख्यमन्त्री हुने भएकी छन् । हरिद्वारकी श्रृष्टि गोस्वामी एकदिनका लागि मुख्यमन्त्री बन्ने भएकी हुन् ।

    उनी आइतबार (आज) का लागि मुख्यमन्त्री बन्ने बताइएको छ ।

    गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो । २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाउन लागिएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिएकी छन् ।

    सृष्टिले कार्यकारी अधिकारसहित मुख्यमन्त्री बन्नेछिन् र उनको उपस्थितिमा विधानसभा बैठक पनि बस्नेछ । विधानसभाको कोठा नम्बर १२० मा बैठक बस्नेछ । सृष्टिलाई मुख्यमन्त्री बनाएर बैठक आयोजना गर्ने स्वीकृति र निर्देशन उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले दिइसकेका छन् ।

    यो एक दिनको कार्यकालमा सृष्टिले विकास कार्यक्रमको समीक्षा गर्नेछिन् । यसका लागि छानिएका विभागका अधिकारीले ५–५ मिनेटको समयमा आ–आफ्नो रिपोर्ट पेश गर्नेछन् । विधानसभा आइतबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म चल्नेछ ।