× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    रेड पाण्डाको छाला सहित ३ जना पक्राउ

    ४ वर्ष पहिले

    माघ-१५, बाँके ।कोहलपुर नगरपालिका-१२ चप्परगौरीस्थित दैलेखी होटलबाट २ थान रेड पाण्डाको छाला सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा सुर्खेत भेरीगंगा नगरपालिका-१० बस्ने ४० वर्षीय दल बहादुर शाही, जाजरकोट जुनिचाँदी गाउँपालिका-११ बस्ने ४२ वर्षीय धन बहादुर शाही र सल्यान बनगाड कुपिन्डेदह नगरपालिका-४ बस्ने ३३ वर्षीय भरत बहादुर पुन रहेका छन् ।

    उक्त होटलमा लोपोन्मुख बन्यजन्तु रेड पाण्डाको छालाको अबैध कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोली र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरीले होटलको ११३ नम्बर कोठामा बसेका उनीहरूलाई झोलामा लुकाई राखेको उक्त छाला सहित फेला पक्राउ गरेको हो ।

    उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।