× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    म्यानमारमा सैनिक कू, एक वर्षका लागि संकटकाल घोषणा

    ४ वर्ष पहिले

    एजेन्सी । म्यानमारमा सेनाले कू गरेको छ । प्रजातन्त्रवादी नेताहरू आङ सान सूकी लगायत अन्यलाई पक्राउ समेत गरेको छ ।

    सेना समर्थित टेलिभिजनबाट भिडिओ जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको हो ।

    गत निर्वाचनको नतिजाको सन्दर्भमा जननिर्वाचित सरकार र सेनाबीच विवाद भएपछि सेनाले कू गर्दै शासनसत्ता हातमा लिएको हो ।

    सूकी लगायतका नेतालाई पक्राउ गरिएको केही घण्टापछि सेनाले ‘संकटकाल’ को घोषणा गरेको थियो ।

    सोमबार सेनाले कू गरेपछि म्यानमारको राजधानी नेपितमा र म्यानमारको प्रमुख व्यापारिक सहर रंगुनमा सडकभर सेना देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यम बिबिसीले जनाएको छ ।

    गत नोभेम्बरको निर्वाचनमा सूकीको दल नेसनल लिग फर डेमोक्रेसीले सरकार बनाउन सक्ने गरि पर्याप्त सीट जितेको थियो । सेनाले भने यसलाई फर्जी मतले जितेको भन्दै आएको थियो । यही विवादको कारण नै म्यानमारमा सेनाले आज कू गरेको हो ।

    म्यानमार सेनाले कमाण्डर इन चिफ मीन अङ लेङलाई शक्ति हस्तान्तरण गरेको छ । सन् २०११ अघिसम्मपनि म्यानमारमा प्रजातान्त्रिक परिवर्तन हुनुअघि सेनाले नै शासनसत्तामा कब्जा जमाएको थियो ।

    म्यानमारको प्रमुख सहरमा टेलिफोन सेवा र मोबाइल डेटा सेवा अवरुद्ध भएको छ । राजधानी नेपितसँगको सञ्चार सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । त्यहाँको तत्कालिन अवस्थाको जानकारी लिन मुस्किल भइरहेको छ ।

    प्रमुख सहर रंगुनमा भने सञ्चार सेवा सिमित रहेको बिबिसीले जनाएको छ । यद्यपी विभिन्न सेवा प्रदायकहरू धमाधम सेवा अवरुद्ध गरिरहेको बताइएको छ ।