× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आबुखैरेनी स्रष्टा समाजद्वारा पुरस्कार घोषणा

    ४ वर्ष पहिले

    आबुखैरेनी माघ-१९, आँबुखैरेनी स्रष्टा समाजद्वारा २०७५ सालको ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’को घोषणा गरेको छ।

    समाजको मिति २०७७/१०/१८ गते आइतबार बसेको बैठकले साहित्यतर्फ कवि मित्रलाल पंगेनीलाई ‘आँबुखैरेनी वाङमय पुरस्कार’ र हास्य तर्फ हास्यकलाकार रमेश केसीलाई ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि जनही रु दश हजार र सम्मान पत्र रहेको छ ।

    यसैगरी ‘महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार’ आबुखैरेनी क्याम्पस का स्नातक तहमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण व्यवस्थापन संकाय तर्फका सपना गुरुङ र शिक्षाशास्त्र संकायका तर्फका दीपिका थापालाई प्रदान गर्ने निर्णय गरेको छ ।

    आँबुखैरेनी स्रष्टा समाजले २०७१ साल देखि ‘आबुखैरेनी वाङमय पुरस्कार’ र २०७३ सालदेखि ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ प्रदान गर्दै आइरहेको छ ।सो कार्यक्रममा आँबुखैरेनी स्रष्टा समाजले प्रकाशन गरेको सानो काजी थापाको ‘अनावरण’ पुस्तकको कृति विमोचन र परिचर्चाको कार्यक्रम समेत हुने भएको छ ।

    यसैगरी संस्थाका सल्लाहकार एवं समाजसेवी श्री भगवानदास मल्लको स्वर्गीय बुबा कृष्णदास मल्ल र आमा स्वर्गीय चेत कुमारी मल्लको स्मृतिमा एक पुरस्कारको अक्षयकोष स्थापना गरी आबुखैरेनी र यसको र वरपरका क्षेत्रका सामाजिक कार्यमा विशिष्ट योगदान पुर्याउने समाजसेवी र सामाजिक अभियान्ता लाई पुरस्कृत र सम्मान गरिने निर्णय समेत समाजले गरेको छ ।

    आगामी चैत १४ गते शनिबार आबुखैरेनी मा एक साहित्यिक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष श्री अनिल श्रेष्ठले बताउनुभएको छ ।