× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    प्रचण्ड-नेपाल समूहले भोलि देशव्यापी आमहड्ताल गर्ने

    ४ वर्ष पहिले

    माघ-२१, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रतिनिधि सभा विघटन विरुद्ध बिहीबार देशव्यापी आमहड्ताल गर्ने निर्णय गरेको छ।

    भोली बिहीबार देशव्यापी रुपमा राजनीतिक हड्ताल घोषणा गर्न अहिले २ बजे पार्टी कार्यालय पेरिस डाँडामा आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।

    प्रधानमन्त्री केपी ओली समूहले माघ २३ गते शुक्रबार काठमाडौंमा जनसभा आयोजना गरेको अघिल्लो दिन प्रचण्ड–नेपाल समूहले आमहड्ताल आयोजना गरेको हो।

    आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने भएकाले यो नेपाल बन्दजस्तै विरोध प्रदर्शन हो।

    ‘भूमि समस्या समाधान आयोग गठन र पदाधिकारी नियुक्ति, संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति र शपथ विरुद्ध भोलि आम हड्ताल गर्ने निर्णय भएको छ’, प्रचण्ड–नेपाल समूहका संघर्ष समितिका एक नेताले भने, ‘अहिले पत्रकार सम्मेलनमा विस्तृत जानकारी दिइनेछ।’नेपालखबरबाट