× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चोरी भएको जंगली जनावरको विभिन्न अखेटोपहार बरामद

    ४ वर्ष पहिले

    कास्की, २१ माघ, पोखरा महानगरपालिका-१५ टुटुङ्गास्थित वन विज्ञान अध्यन संस्थानको प्रयोगशालाबाट चोरी भएको ४ थान जंगली जनावर चितुवाको छाला, चितुवाको दाँतहरु, हाड अखेटाहरु, एकजोडी चितलको सिङ र अन्य हाड अखेटोपहार मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

    उक्त प्रयोगशालाबाट माघ ९ गते राति जंगली जनावरको छाला तथा हाडहरु चोरी भएको घटनाको अनुसन्धान गर्न खटिएको स्थानीय प्रहरीले सोही महानगरपालिका-१५ बनपाले जंगलको घाटको पंधेरोस्थित बोरा र झोलामा बेवारिसे अवस्थामा उक्त जंगली जनावरको अखेटोपहार फेला पारी बरामद गरेको हो ।

    चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।