४ वर्ष पहिले
माघ २१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय ४२ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको छ ।
२४ घण्टामा ३ हजार ५ सय ९७ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २० लाख ८१ हजार ६ सय ९५ जनाको पिसिआर भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ५४ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ८ सय ८१ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ सय ६२रहेको छ ।
पछिल्लो २४ घण्टामा २ सय ६ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६७ हजार ६५ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.३९ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ३१ पुगेको छ ।
हाल क्वारेन्टिनमा ९५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६१ जना र भेन्टिलेटरमा १७ जनाको उपचार भईरहेको छ ।