४ वर्ष पहिले
माघ २५ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय १९ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको छ ।
२४ घण्टामा २ हजार २ सय ५१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २० लाख ९३ हजार ४ सय १७ जनाको पिसिआर भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ८ सय १५ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ८ सय ८४ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ सय ३१ रहेको छ ।
पछिल्लो २४ घण्टामा २ सय ६० जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ३ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ ।
हाल क्वारेन्टिनमा ९२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५६ जना र भेन्टिलेटरमा ११ जनाको उपचार भईरहेको छ ।