× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    मुग्लिनमा होटल स्तरीकरण सम्बन्धी कार्यक्रम सम्पन्न

    ४ वर्ष पहिले

    माघ-२५, मुग्लिन । खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालय बबरमहल काठमाडौंको आयोजना तथा होटल व्यवसायी संघ इकाई समिति मुग्लिनको संयोजनमा होटल स्तरीकरण तथा लोगो वितरण विषयको अभिमुखीकरण कार्यक्रम इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मुग्लीनमा सम्पन्न भएको छ।

    इच्छाकामना गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मोदराज सिलवालको प्रमुख आतिथ्य तथा खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय भरतपुरका प्रमुख घननाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालय बबरमहल काठमाडौंका खाद्य निरीक्षक शिवप्रसाद भण्डारीले संचालन गर्नुभएको थियो ।

    ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख सूर्य बहादुर रानामगर, सामुदायिक प्रहरीका अध्यक्ष खुमप्रसाद पन्त, होटल व्यवसायी संघ चितवनका सदस्य अशोक शेरचन तथा होटल व्यवसायी संघ इकाइ समिति मुग्लिनका अध्यक्ष मिनबहादुर श्रेष्ठ लगायत होटल व्यवसायी संघ, इकाई समिति मुग्लिनमा आवद्ध ७६ होटल व्यवसायी कार्यक्रममा उपस्थित भएको थियो ।

    सो कार्यक्रममा होटल व्यवसायी संघ इकाई समिति मुग्लिनका अध्यक्ष मिनबहादुर श्रेष्ठको संयोजकत्वमा होटल स्तरीकरण अनुगमन समिति गठन गरिएको छ ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय भरतपुरका प्रमुख घननाथ अधिकारी सदस्यसचिव रहनुभएको सो समितिमा वडाअध्यक्ष मोदराज सिलवाल, इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख सूर्य बहादुर रानामगर र उद्योग वाणिज्य संघ इकाई समिति मुग्लिनका अध्यक्ष कल्याण गुभाजु सदस्य रहनुभएको छ।