× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आजदेखि दोस्रो चरणको खोप अभियान सुरु, सञ्चारकर्मी पहिलो प्राथमिकतामा

    ४ वर्ष पहिले

    काठमाडाैं, २६ माघ । सरकारले आजदेखि कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १४ गतेबाट विभिन्न चरणमा खोप अभियान सञ्चालन गर्ने योजना अनुसार आजदेखि दोस्रो चरणको खोप अभियान सञ्चालन गर्न लागेको हो ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दोस्रो चरणको खोप अभियान अन्तर्गत सञ्चारकर्मी, यातायात क्षेत्रका कर्मचारी, बैंकका कर्मचारी लगायतलाई कोरोना विरुद्धको खोप लगाइने बताए । उनले देशभर तोकिएका खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाउन सकिने भन्दै सरकारी कार्यालयबाट परिचय खुल्ने र सम्बन्धीत कार्यालयको आधिकारिक प्रमाणपत्र सहित खोप केन्द्रमा गएर खोप लगाउन सकिने प्रस्ट पारे ।

    डा.गौतमले लक्षित वर्ग थपिदै जाने र सोही अनुसार खोप लगाउँदै जाने पनि उल्लेख गर्दै दोस्रो चरण खोप अभियानमा झन्डै ३ लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको जानकारी दिए । सरकारले सुरु गरेको पहिलो चरणको खोप अभियान अन्तर्गत कोरोना विरुद्धको लडाईमा अग्रस्थानमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलाई गरि झन्डै एक लाख ८६ हजारभन्दा बढीले खोप लगाएका थिए ।

    आजदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान एक सातासम्म चल्ने छ