× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १३० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.६ प्रतिशत

    ४ वर्ष पहिले

    माघ-२६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ३० जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।

    २४ घण्टामा ३ हजार ३ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २० लाख ९६ हजार ७ सय ५९ जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा १ सय ९४ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप ७ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ४५पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ४४ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ९२ जना रहेको छ।