× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    म्यान्मारमा सेनाले आन्दोलनकारीमाथि बर्सायो रबरका गोली र पानीका फोहरा

    ४ वर्ष पहिले

    म्यान्मारमा सेनाको कु बिरुद्ध जारी आन्दोलनमा सेनाले व्यापक धरपकड गरेको छ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार निषेधाज्ञा तोड्दै मंगलबार प्रदर्शनमा उत्रिएका नागरिकमाथि त्यहाँका सैनिकले रबरका गोली र पानीका फोहरा बर्साएको हो।

    त्यस क्रममा आक्रोशित सेनाले नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीको पार्टीको मुख्यालयमा तोडफोडसमेत गरेका छन्।

    रबरका गोली लागेर २५ जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने थुप्रै आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    यही माघ १९ अर्थात् फेब्रुअरी १ तारिखका दिन त्यहाँको सेनाले आङ सान सुची, राष्ट्रपति, मन्त्रीलगायत सबै प्रजातान्त्रिक नेताहरूलाई नियन्त्रणमा लिएर राज्यसत्ता आफ्नो हातमा लिएको हो।