× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १२७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.६२ प्रतिशत

    ४ वर्ष पहिले

    माघ-३० , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय २७ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको छ ।

    २४ घण्टामा ४ हजार जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २१ लाख ११ हजार ६ सय ४९ जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा १ सय ३६ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६८ हजार ७ सय ९६ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.६२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप २ को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ७८ जना रहेको छ।