× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १०४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.७ प्रतिशत

    ४ वर्ष पहिले

    फागुन-२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय ४ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको छ ।

    २४ घण्टामा ३ हजार ५ सय १ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २१ लाख १७ हजार ५० जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ४ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ७ सय १३ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ सय ९१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा १ सय ३१ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ ।

    हाल क्वारेन्टिनमा ८९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६१ जना र भेन्टिलेटरमा १५ जनाको उपचार भईरहेको छ ।