× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १२२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.७ प्रतिशत

    ४ वर्ष पहिले

    फाल्गुण-३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १सय२२ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको छ ।

    २४ घण्टामा ३ हजार ५ सय ४१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २१ लाख २० हजार ५ सय ९१ जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा १ सय ४४ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६९ हजार २ सय ४ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ रहेको छ । हालसम्ममा नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८१ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ७९ जना रहेको छ।