× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १०५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.६६ प्रतिशत

    ४ वर्ष पहिले

    फाल्गुण-४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १सय ५ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको छ ।

    २४ घण्टामा ३ हजार ३ सय ६० जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २१ लाख २३ हजार ९ सय ५१ जनाको पिसिआर भएको जनाईएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ९९ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६९ हजार ३ सय ३ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.६६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । हालसम्ममा नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८७ रहेको छ । संक्रमितमध्ये क्वारेन्टिनमा ७४ जना रहेको छ।