× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    अस्ट्रेलियामा फेसबुकद्वारा समाचारमाथि प्रतिबन्ध

    ४ वर्ष पहिले

    काठमाडौँ । सामाजिक संजाल फेसबुकले अस्ट्रेलियामा समाचारमाथि प्रतिबन्ध लगाएको छ । अब अस्ट्रेलियाका फेसबुक प्रयोगकर्ताले समाचारका लिंक नदेख्ने भएका छन् ।

    यसका साथै अस्ट्रेलियामा फेसबुकले स्थानीय र अन्तर्राष्ट्रिय समाचार तथा केहि सरकारी वेभसाइटलाई समेत प्रतिबन्ध लगाएको छ ।

    अस्ट्रेलियाले नयाँ कानुन बनाएपछि चलिरहेको विवादका बीच फेसबुकले यस्तो कदम चालेको हो । अस्ट्रेलियाले फेसबुक, गुगल लगायतले अस्ट्रेलियाका समाचार प्रयोग गरेबापत पैसा तिर्नु पर्ने कानुन ल्याएको छ । तर फेसबुक र गुगलले भने अस्ट्रेलिया सरकारले ल्याएको कानुनसँग इन्टरनेट कसरी संचालित हुन्छ भन्ने म्याच नभएको बताउदै आएका छन् ।

    अस्ट्रेलियाको तल्लो सदनले बुधबार यस्तो कानुन पारित गरेपछि फेसबुकले समाचारसहित केहि सरकारी वेभसाइटलाई प्रतिबन्ध लगाएको छ । विहिबार विहान उठ्नासाथ अस्ट्रेलियामा फेसबुक प्रयोगकर्ताले समाचार र कैयौं सरकारी पेज नखुलेको गुनासो गरेका छन् ।

    फेसबुकले एक ब्लगपोष्टमा यस बारेमा जानकारी दिदै दुखका साथ अस्ट्रेलियामा यस्तो कदम चाल्नु परेको बताएको छ । फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्ताले आफ्नो फेजमा ग्लोबल र स्थानीय समाचार समेत पोष्ट गर्न नमिल्ने जनाएको छ ।

    साथै अस्ट्रेलियन मिडियाहरुले समेत आफ्नो फेसबुक पेजमा समाचार पोष्ट गर्न नमिल्ने भएको छ । एबिसी, सिड्नी मोर्निंग जस्ता समाचार संस्थाका फेसबुक पेजमा अहिले कुनै पोष्ट देखिएको छैन ।