× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    जापानकी नाओमी ओसाकाले महिला तर्फको अस्ट्रेलियन ओपन टेनिसको उपाधी जितिन्

    ४ वर्ष पहिले

    जापानकी नाओमी ओसाकाले अमेरिकाकी जेनिफर बार्डीलाई पराजित गर्दै अस्ट्रेलियन ओपन टेनिसको महिला तर्फको उपाधी जितेकी छिन् ।
    मेलवर्न पार्कमा आज भएको फाइनलमा ओसाकाले अमेरिकाकी जेनिफर बार्डीलाई दुइ शुन्यको सोझो सेटमा हराएकी हुन् ।

    विश्व वरियताको तेस्रो स्थानमा रहेकी ओसाकाले पहिलो सेट ६–४ ले जितेकी थिइन् । सुरुदेखि नै उत्कृष्ट देखिएकी ओसाकाले दोस्रो सेट पनि सहजै आफ्नो पक्षमा पारिन् । उनले ६–३ ले सेट जित्दै उपाधी उचालेकी हुन् ।जितसंगै ओसाका विश्व वरियताको दोस्रो स्थानमा उक्लेकिछिन् ।

    २३ वर्षिया ओसाकाको यो करियरको चौथो ग्रान्डस्लाम हो । अस्ट्रेलियन ओपन दोस्रो पटक जितेकी हुन् । उनले सात हजार बढी दर्शक बीच भएको फाइनल जित्ने एक घन्टा १७ मिनेट समय लगाएकी थिइन् । ओसाकाले यसअघि सन २०१९ मा अस्ट्रेलियन ओपन जितेकी थिइन् । उनी २०१८ र २०२० की युएस ओपन च्याम्पियन हुन् ।

    यो जीतपछि ओसाका हार्ड कोर्ट क्विनका रुपमा स्थापित भएकी छिन् । ओसाकाको जीत संख्या २१ पुगेको छ । जुन सवै हार्ड कोर्टमा भएका थिए ।