४ वर्ष पहिले
फागुन-१०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय २५ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको छ ।
२४ घण्टामा ३ हजार ६ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २१ लाख ४३ हजार ३ सय १५ जनाको पिसिआर भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय २९ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ५ सय ३४ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ सय ९५ रहेको छ ।
पछिल्लो २४ घण्टामा ९० जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ६९ हजार ९ सय ६६ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.७ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।
हाल क्वारेन्टिनमा ६६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ४३ जना र भेन्टिलेटरमा ११ जनाको उपचार भईरहेको छ ।