४ वर्ष पहिले
फागुन-११, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय १० जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको छ ।
२४ घण्टामा ३ हजार २ सय १८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २१ लाख ४६ हजार ५ सय ३३ जनाको पिसिआर भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ३३ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ५ सय २७ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ६ रहेको छ ।
पछिल्लो २४ घण्टामा १ सय २ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.७ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ६५ पुगेको छ ।
हाल क्वारेन्टिनमा ६५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ४६ जना र भेन्टिलेटरमा १२ जनाको उपचार भईरहेको छ ।