× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    सामाजिक सञ्जाल फेसबुकद्वारा म्यानमारका सेनालाई प्रयोगमा प्रतिबन्ध

    ४ वर्ष पहिले

    फागुन-१३, सामाजिक सञ्जाल फेसबुकले म्यानमारका सेनालाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

    सैन्य ‘कू’ विरुद्ध म्यानमार लगायतमा विभिन्न मुलुकहरुमा आन्दोलन भईरहेका बेला फेसबुकले बिहीबार म्यानमारको सेनालाई फेसबुक र इन्स्टाग्राम चलाउन प्रतिबन्ध लगाएको हो ।

    फेब्रुअरी १ मा भएको सैन्य कू र त्यसपछि विरोध आन्दोलनमा भएको हिंसात्मक घटनाले प्रतिबन्ध लगाउनु पर्ने अवस्था आएको बताउँदै फेसबुकले म्यानमारका सेनालाई फेसबुक र इन्स्टाग्राम चलाउन दिनु खतरापुर्ण रहेको जनाएको छ ।

    यसअघि फेसबुकले म्यानमारको सरकारी टेलिभिजनको पेज बन्द गरिदिएको थियो । सैन्य ‘कू’ विरुद्ध भएका प्रदर्शनमा हालसम्म ३ जनाको मृत्यु भईसकेको छ