× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    राजमार्गभित्रको संरचना हटाउन सडक डिभिजन कार्यालय भरतपुरको अल्टिमेटम

    ४ वर्ष पहिले

    फागुन-१४, सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र अन्तर्गत रहेका तथा राष्ट्रिय राजमार्ग भित्र पर्ने नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग (मुग्लिन-मोवाखोला खण्ड) को सडक सिमा अतिक्रमण गरी निर्माण भएको घरटहराहरु र साविकमा क्षतिपुर्ति लिएर घरधनीहरुले पुनः सोही स्थानमा घर टहराहरु बनाई रहेको अवस्थामा सडकको केन्द्र रेखाबाट २५/२५ मिटर दायाँबायाँ गरी कुल ५० मिटर भित्र पर्ने गरी निर्माण भएको घरटहराहरूको निर्माणकार्य रोक्न लगाई १५ दिनभित्रमा त्यस्ता अतिक्रमित घरटहरा हटाउनका लागि अनुरोध गरेको छ ।

    डिभिजन सडक भरतपुरले भरतपुर महानगरपालिका, नगरकार्यपालिका कार्यालय भरतपुर, जिल्ला प्रशासन कार्यालय चितवन, इच्छाकामना गाउँपालिका कार्यालय कुरिनटार, नारायणगढ-मुग्लिन सडक आयोजना मुग्लिन, इलाका प्रहरी कार्यालय मुग्लिन र प्रहरी चौकी जुगेडीलाई बोधार्थ जनाए सो सूचना निकालेको हो ।

    विभागले २०७७।११।०३ गतेका दिन निकालिएको सूचनामा तोकिएको समयावधिभित्र व्यक्तिहरूले अटेर गरी त्यस्ता अतिक्रमित घरटहराहरु नहटाइएमा सार्वजनिक सडक ऐन २०३१ बमोजिम कार्यालयबाट त्यस्ता अतिक्रमित घरटहराहरु हटाउने र सोबापत लाग्ने खर्च समेत सम्बन्धित घरधनीबाट असुलउपर गरिने चेतावनी समेत दिएको छ ।