× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पहाडमा चट्ट्याङसहित वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने मौसम पूर्वानुमान

    ४ वर्ष पहिले

    फागुन-१५, आज देशका पहाडी भू-भागका केही ठाउँमा मेघगर्जन तथा चट्ट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही ठाउँमा मेघगर्जन तथा चट्ट्याङ सहित हल्का वर्षा साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपात हुने देखिन्छ ।

    महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । अहिले भने देशका पहाडि भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । तराईंका केही स्थानहरुमा हल्का कुहिरो/हुस्सु लागेको छ ।

    शनिबार राति देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ । पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्ट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका १–२ स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।