× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    म्यानमारमा प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तीमा १८ जनाको मृत्यु

    ४ वर्ष पहिले

    फागुन-१६, म्यानमारमा सैन्य ‘कू’काे विराेधमा आइतबार प्रदर्शनमा उत्रेका मानिसमाथि गाेली प्रहार गर्दा कम्तीमा १८ जनाकाे मृत्यु भएकाे छ।

    संयुक्त राष्ट्र संघको मानव अधिकार कार्यालयले म्यानमारको प्रदर्शनमाथिको यो सबैभन्दा ठूलो दमन भएको उल्लेख गरेको छ । म्यानमारको यंगुन, दबेई र मन्डालेमा पनि प्रदर्शनकारीहरु मारिएका छन्, त्यहाँ प्रहरीले गोली र अश्रुग्यास हानेको थियो ।

    गत फेबु्रअरी १ मा सेनाले शासन हातमा लिएपछि गत एक हप्तादेखि प्रदर्शन हुँदै आएको थियो । तर शनिबारदेखि प्रहरीले बल प्रयोग गर्न थालेको छ । सामाजिक सञ्जालमा आएका भिडियोमा प्रहरीले गोली चलाएपछि प्रदर्शनकारीहरु भागेको दृश्य देखिन्छ ।

    आइतबार यंगुन, मन्डाले र अन्य शहरमा सुरक्षाकर्मीको गोलीका बाबजुद ठूलो संख्यामा प्रदर्शनकारी सडकमा निस्किएका थिए । प्रदर्शनकारीमाथि प्रहरीले रबरको गोली, अश्रुग्यास र गोली नै चलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।