× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    भारतीय प्रधानमन्त्री मोदीले अस्पतालमा पुगेर लगाए कोरोनाको खोप

    ४ वर्ष पहिले

    नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। सोमवार बिहान नयाँ दिल्लीको एम्स अस्पताल पुगेर खोपको पहिलो डोज लगाएको उनले ट्वीटमार्फत् जानकारी गराएका हुन् ।

    कोरोना खोप लगाएपछि मोदीले ट्वीटरमा फोटो सेयर गर्दै भारतको बायोटेक निर्मित कोभ्याक्सिनको पहिलो डोज लिएको जनाएका हुन् । खोप लिन योग्य सबैलाई खोप कार्यक्रममा सहभागी बनी भारतलाई कोरोना मुक्त बनाउन उनले अपिल समेत गरेका छन् ।