× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    मेसीविरुद्ध अभियान चलाएको आरोपमा बार्सिलोनाका पूर्वअध्यक्ष पक्राउ

    ४ वर्ष पहिले

    फागुन-१७, बार्सिलोनाका पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउ गिरफ्तार भएका छन् ।

    बार्सिलोनाको चर्चित सामाजिक संजाल सम्बन्धि प्रकरण ‘बार्सागेट’ प्रकरणमा पूर्वअध्यक्ष जोसेप, प्रमुख कार्यकारी अधिकृत ओस्कार ग्राउ, कानुन विभागका प्रमुख रोमन गोमेजसहित अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    स्थानीय समय अनुसार सोमबार बिहान बार्सिलोनाको मैदान क्याम्पनेउमा प्रहरी पसेर उनीहरुलाई खोजी गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

    गतवर्ष बार्सिलोना फुटबल क्लबले क्लबका चर्चित पात्रहरुलाई आलोचना गर्न सामाजिक संजाल कम्पनीलाई पैसा तिरेको विषय सार्वजनिक भएको थियो।

    ती कम्पनीले तीन वर्षसम्म सामाजिक संजालमा लियोनल मेस्सी, पेप ग्वार्डिओला, जाभी हर्नान्डेज, जिरार्ड पिकेविरुद्ध सामाजिक संजालमा अफवाह फैल्याएको बताइएको थियो।

    बार्टेमेउ प्रमुख रहँदा उनको कार्य सम्पादनको आलोचना गर्ने जति सबैलाई सामाजिक संजालमा आलोचना गर्ने गरिन्थ्यो। यही विषयलाई बार्सागेट स्क्यान्डल भनिएको हो।

    बार्टेमेउ तथा उनीसँग यस घटनामा संलग्न भएका व्यक्तिहरुले ती आरोपहरुको खण्डन गरेका थिए।

    बार्टेमेउसँग मेस्सीको सम्बन्ध राम्रो थिएन। यसै कारण मेस्सीले यस सिजनको सुरुवातमा क्लब छाड्ने इच्छा व्यक्त गरेका थिए।

    तर खेल समर्थकको चर्को दबाबपछि मेस्सी क्लबमै रहे र बार्टेमेउलाई भने बार्साको बोर्डले क्लबबाट निकाल्न बाध्य भयो।

    बार्सिलोनाको नयाँ व्यवस्थापनको निर्वाचन मार्च ७ मा हुनु एक साता अघि यस्तो कारवाही गरिएकोमा अर्थपूर्ण रुपमा हेरिएको छ ।