× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    अवैध रुपमा लुकाई ल्याएको ६ वटा कछुवा सहित पक्राउ

    ४ वर्ष पहिले

    फागुन-१७, अवैध रुपमा लुकाई ल्याएको ६ वटा व्ल्याक पाउण्ड प्रजातिको कछुवा सहित चन्द्रागिरी नगरपालिका-२ नागढुंगा काठमाडौँबाट एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भारतको पटना घर बताउने २३ वर्षीय फैजल आलम हुन् ।

    वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७०१४ नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार आलमले झोलामा लुकाई ल्याएको उक्त कछुवा फेला पारी उनलाई पक्राउ गरेको हो ।

    आलमलाई बरामद कछुवा सहित थप अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।