× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १०७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.६ प्रतिशत

    ४ वर्ष पहिले

    फागुन-२०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको छ ।

    २४ घण्टामा ५ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २१ लाख ७९ हजार ४७ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ७८ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७० हजार ६ सय ८३ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु भएको संख्या शुन्य रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ सय ९५ जना छन् भने क्वारेन्टिनमा ५७ जना रहेकाे छ ।