× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ६६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.६ प्रतिशत

    ४ वर्ष पहिले

    फागुन-२३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६६ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ७ सय २१ पुगेको छ ।

    २४ घण्टामा ४ हजार १ सय ११ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २१ लाख ९२ हजार ८ सय ८६ जनाको पिसिआर भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ८ सय २५ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ६ सय १८ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा ५८ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७० हजार ८ सय ८६ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।

    हाल क्वारेन्टिनमा ५३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ४३ जना र भेन्टिलेटरमा ९ जनाको उपचार भईरहेको छ ।