× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.६ प्रतिशत

    ४ वर्ष पहिले

    फागुन-२४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ८ सय १० पुगेको छ ।

    २४ घण्टामा ४ हजार ३ सय ९९ सय जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २१ लाख ९७ हजार २ सय ३५ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४२ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७० हजार ९ सय २७ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु भएको संख्या १ रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ११ पुगेको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ८ सय ७२ जना छन् भने क्वारेन्टिनमा ५५ जना रहेकाे छ ।