× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    माधव नेपालले एमालेमा विद्रोह गर्ने प्रचण्डको दाबी

    ४ वर्ष पहिले

    काठमाडौं, २८ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल तथा झलनाथहरुले छिट्टै एमाले क्याप्चर गर्ने, नगरे छिट्टै त्यहाँ विद्रोह गर्ने सनसनीपूर्ण दाबी गरेको छ ।

    बुटवलमा पार्टीका नेता तथा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले आन्दोलनको क्रममा आफू र माधव नेपाल देश दौडाहमा धेरै पटक सँगै निस्केको सुनाउँदै भावनात्मक सम्बन्ध बलियो भएको सुनाउँदै यस्तो बताएका हुन् ।

    उनले अब आफ्नै खुट्टामा उभिने भन्दै संगठन बलियो बनाउनतिर सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले भने,”टेक्नु त आफ्नै खुट्टामा टेक्नुपर्ने रहेछ । बदमासहरु संग होईन् । मलाई पश्चात् छ, मैले कस्तालाई मन्त्री बनाएँ, प्रचण्डलाई प्रचण्ड बनाउने साथीहरुलाई मन्त्री बनाएको भए, यो दिन त देख्नुपर्दैन ।”

    उनले बादललाई बदमासको संज्ञा दिए । उनले अब माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु नफर्किएपनि हुने बताए ।

    उनले दुई तीन वर्ष मेहनत गर्ने हो भने देशको नम्बर वान पार्टी बन्ने दावी पनि गरे ।