× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    लहान मालपोत कार्यालयमा बम विष्फोट

    ४ वर्ष पहिले

    चैत्र-१, सिराहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम विष्फोट भएको छ ।

    विष्फोटमा परी करिब आधा दर्जन मानिस घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

    घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।दिउँसो करिब १२: ४० बजे बम विष्फोट भएको जनाइएको छ । विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जलेको प्रहरीले बताएको छ ।

    आगो निभाउन लहान नगरपालिकाको वारुण यन्त्र घटना स्थल पुगेको छ । अहिले घटना स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु खटिएका छन् ।