× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    अवैध रुपमा चन्दा रकम उठाउदै हिँडेका ५ जना पक्राऊ

    ४ वर्ष पहिले

    चैत-२,कस्की । पोखरा महानगरपालिका-१ नयाँगाउँ मितेरी टोलस्थित मितेरीपुल नजिक अवैध रुपमा चन्दा रकम उठाई ठगी गर्दै हिँडिरहेको अभियोगमा ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने मकवानपुर बकैया गाँउपालिका-१ आहालडाँडा घर भएका छिरिङ भन्ने ३७ वर्षीय निमा तामाङ, ६० वर्षीय धन बहादुर लामा, ३५ वर्षीय पदम बहादुर लामा, २६ वर्षीय बिजय लामा र ३५ वर्षीय जित बहादुर थिङ रहेका छन् ।उक्त स्थानमा लामा पोसाकमा टाशी छोग्याल गुम्बा गजुरा नगरपालिका-२ कटानी रौतहटको रसिद लिई अबैध रुपमा चन्दा रकम उठाई ठगी गर्दै हिँडेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजार समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट चन्दा बापत उठाएको रकम ४२ हजार ४ सय ९१ रुपैयाँ, रसिद ठेली, बिभिन्न फाईल तथा रजिष्टरहरु र फोटो समेत प्रहरीले बरामद गरेको छ ।

    उनीहरु उपर ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप भई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।