४ वर्ष पहिले
चैत्र-११, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारी अनुसार पछिल्लो २४ घण्टामा १ सय ४५ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ ।
२४ घण्टामा ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २२ लाख ४८ हजार ९ सय ९३ जनाको पिसिआर भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार १ सय ८२ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ९ सय ६९ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय १३ रहेको छ ।
पछिल्लो २४ घण्टामा ९० जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७२ हजार २ सय ८७ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.५ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ ।
हाल क्वारेन्टिनमा ६३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ४५ जना र भेन्टिलेटरमा ५ जनाको उपचार भईरहेको छ ।