× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    लेकबेशी यातायात समितिको गाडि मुग्लिन बासीको नियन्त्रणमा

    ४ वर्ष पहिले

    चैत्र-११, चितवन जिल्लाको इच्छाकामना गाउँपालिका मुग्लिनका युवाहरुद्वारा काठमाडौँ नवलपरासी चल्ने लेकबेशी यातायात समितिको ११ वटा गाडी नियन्त्रणमा लिएको छ ।

    २०७७ फागुन १ गतेका दिन धादिङको चरौंदीमा लेकबेशी यातायात समितिका बा.३.ख ८४ नम्बरको माइक्रोबस रोकि राखेको ट्रकसँग ठोक्किदा भएको दुर्घटनामा परी मुग्लिन निवासी पुजा लामिछाने सख्त घाइते भएका थिइन् । हालसम्म पनि बिरामी काठमाडौंको मेडिसिटि हस्पिटलमा उपचाररत छन् । उपचाररत बिरामीको खर्च नबेहोरेको भन्दै मुगलिङबासी युवाले सो गाडी नियन्त्रणमा लिएको हो ।

    पटकपटक वार्ता गर्दा समेत सो यातायात समितिले बिरामीको उपचार खर्च नब्यहोरेको र हाल बिरामीको उपचार कार्य हस्पिटलले रोकेको हुँदा बाध्यताबश गाडी नियन्त्रणमा लिनुपरेको बिरामीका श्रीमान दिपक लामिछानेले बताए ।