× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिनबासीले नियन्त्रणमा लिएको लेकबेशी यातायात समितिको गाडि स-शर्त छाडियो

    ४ वर्ष पहिले

    चैत्र-११, चितवन जिल्लाको इच्छाकामना गाउँपालिका मुग्लिनका युवाहरुद्वारा काठमाडौँ नवलपरासी चल्ने लेकबेशी यातायात समितिको नियन्त्रणमा लिएको १३ वटा गाडी इच्छाकामना गाउँपालिका का उपाध्यक्ष किर्तिकुमार श्रेष्ठको रहोवरमा स-शर्त छाडिएको छ ।

    झण्डै डेढ महिनाअघि दुर्घटनामा परी काठमाडौ मेडीसिटी हस्पिटलमा उपचाररत बिरामीको उपचार खर्च नब्यहोरेको र हस्पिटलले पनि पैसा तिर्ने ताकेता गर्दै थप उपचार रोकेको भन्दै मुग्लिनबासी युवाहरुले लेकबेशी यातायात समितिका १३ वटा गाडी नियन्त्रणमा लिएको थियो ।

    गाडी नियन्त्रणमा लिए पश्चात इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष किर्तीकुमार श्रेष्ठको सक्रियतामा सरोकारवालाहरूसँग छलफल गरी भोलि दिउँसो १२:०० बजेभित्र उपचारमा लागेको सम्पूर्ण खर्च हस्पिटललाई तिर्ने र बिरामीलाई थप उपचार कार्य गराउने सर्तमा सो समितिको १३ वटा गाडी छाडिएको हो ।

    यातायात समितिले शर्त अनुसार कार्य नगरे भोलि युवाहरुले थप सशक्त कार्यक्रम ल्याउने चेतावनी उपाध्यक्ष कृति कुमार श्रेष्ठले दिनुभएको छ ।