× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा १२० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.५ प्रतिशत

    ३ वर्ष पहिले

    चैत्र-१२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय २० जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको छ ।

    २४ घण्टामा २ हजार ८ सय ९१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २२ लाख ५१ हजार ८ सय ८४ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ८५ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७२ हजार २ सय ७२ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु भएको संख्या शुन्य रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ हजार २ सय १७ जना छन् भने क्वारेन्टिनमा ५५ जना रहेको छ ।