४ वर्ष पहिले
चैत्र-१३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ५६ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ६ सय ६५पुगेको छ ।
२४ घण्टामा ४ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २२ लाख ५६ हजार ३ सय जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा ७० जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.४ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु भएको संख्या ४ रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार २४ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार २ सय ९९ जना छन् भने क्वारेन्टिनमा ५२ जना रहेको छ ।