× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज विश्व नेवाः दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

    ३ वर्ष पहिले

    चैत्र-१४, आज विश्व नेवाः दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।नेवा: साहित्य ,कला र संस्कृतिलाई अन्तराष्ट्रियकरण गर्ने हेतुले हरेक वर्षको मार्च महिनाको अन्तिम शनिवारलाई ‘विश्व नेवाः दिवस’ को रुपमा मनाइँदै आएको छ ।

    यो दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको हो । आज वर्ल्ड नेवाः अर्गनाइजेशनले काठमाण्डौमा विशेष कार्यक्रम गर्दैछ भने विश्वभर रहेका नेवाः समुदायले विभिन्न कार्यक्रम गर्दैछ ।

    दिवसको अवसरमा आज काठमाण्डौको वसन्तपुरमा कार्यक्रम हुँदैछ । कार्यक्रममा नेवाः समाज र नेपाल भाषाको विकासमा उल्लेख्य योगदान दिने आठ जनालाई सम्मान गरिने भएको छ ।

    सन् २०१८ मा विश्व नेवाः दिवसको अवसरमा विश्वका २२ देशहरूमा विभिन्न कार्यक्रम गरेर मनाइएको थियो । यो वर्ष पनि नेपाल, अमेरिका, क्यानाडा, बेलायत, हङकङ, अष्ट्रेलिया, यूएई, पोर्चुगललगायत देशमा यो दिवस मनाउन लागिएको छ ।

    दिवसको अवसरमा आज नेवाः समुदायका मानिसहरूले सांस्कृतिक र्याली निकाल्दै छ । यो र्याली राष्ट्रिय सभागृहमा पुगेर विश्व नेवा सम्मेलनमा टुङ्गिने विश्व नेवाः संगठन नेपाल (च्याप्टर)ले जनाएको छ ।