× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ८५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुने दर ९८.५ प्रतिशत

    ३ वर्ष पहिले

    चैत्र-१४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८५ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ७ सय ५० पुगेको छ ।

    २४ घण्टामा ४ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २२ लाख ५९ हजार ४५ सय जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ९३ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७२ हजार ४ सय ३५ पुगेको छ । कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु भएको संख्या ३ रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ हजार २ सय ८८ जना छन् भने क्वारेन्टिनमा ५९ जना