४ वर्ष पहिले
चैत्र-१८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार पछिल्लो २४ घण्टामा १ सय ६२ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको छ ।
२४ घण्टामा ३ हजार ९ सय १९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै २२ लाख ७१ हजार ३ सय २७ जनाको पिसिआर भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ९३ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या १ हजार ३ सय २ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ९१ रहेको छ ।
पछिल्लो २४ घण्टामा ५९ जना निको भएका छन् । कुल निको हुनेको संख्या २ लाख ७२ हजार ७ सय ८६ पुगेको छ ।नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ९८.४ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ ।
हाल क्वारेन्टिनमा ५९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३८ जना र भेन्टिलेटरमा ५ जनाको उपचार भईरहेको छ ।