× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    प्रचण्डद्वारा कपिलवस्तुको कार्यक्रममा हिन्दीमा सम्बोधन

    ३ वर्ष पहिले

    चैत्र-२१, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कपिलवस्तुको तौलिहवामा कपिलवस्तु जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा हिन्दी भाषामा सम्बोधन गर्नुभएको छ ।

    भारतबाट आएको पत्रकारहरू र स्थानीयलाई बुझ्न सजिलोका लागि आफूले हिन्दी भाषामा सम्बोधन गर्न लागेको बताउनुभयो ।

    ‘प्रचण्ड तौलिहवामा आएको कुरा लखनउसम्म पुगेछ, त्यहाँबाट केही पत्रकार साथीहरू पनि आउनुभएको होला,’ उहाँले भन्नुभयो, ‘उहाँहरूको सजिलोका लागि र स्थानीयले पनि हिन्दी भाषा बोल्ने भएकाले मैले पनि हिन्दीमै आफ्ना धारणा राख्छु ।’

    कार्यक्रममा उहाँले अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीको तत्काल राजीनामा माग्ने र नयाँ सरकार गठनको पहल लिने निर्णय कांग्रेसले गरेसँगै देशको परिस्थितिले कोल्टे फेरेको बताउनुभयो ।

    नयाँ परिस्थितिको लागि आफू छिटो काठमाडौं फर्कनुपर्ने अवस्था रहेको बताउँदै उहाँले नयाँ सरकार बन्न लागेकोले सबै कार्यकर्तालाई सार्वजनिक रूपमै बधाई दिनुभएको छ ।